Logo बुधवार, श्रावण १३ गते २०८३
images

गुल्मीमा ट्रकको ठक्करवाट दुई जनाको मृत्यु

गुल्मीमा ट्रकको ठक्करवाट दुई जनाको मृत्यु

  • 2.6K
    SHARES

  • गुल्मीमा ट्रकको ठक्करवाट दुई जनाको मृत्यु

    गुल्मी,पुस १२ ।

    गुल्मीमा ट्रकको ठक्करवाट दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका १३ का वर्ष २३ का बालकृष्ण भुजेल र वर्ष २४ का टोप बहादुर रजाली रहेका छन् ।

    आईतबार विहान २ः३० वजेको समयमा बुटवलवाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ अन्र्तगत मसिने खोलामा उनीहरुलाई ठक्करदिंदा दुवै जनाको घटना स्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ । 

    ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले रातीनै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाको वारेमा थप अनुषन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology