बुटवल,चैत्र ७ ।
नेपाली कांग्रेसका बरिष्ट नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको दाबि गर्नुभएको छ ।
कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा सत्यता नभएको उल्लेख गर्नुभयो । युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई बुटवल १२ तामनगरमा सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने समेत धारणा राख्नुभयो।
पिडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तराष्ट्रिय समुदायले पनि यसबारेमा उठाएका सवाल सुन्न माओबादी तयार छ की छैन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले सत्ताको मोलमोलाइ गरेर टिआसी नटुंगिने दाबी गर्नुभयो ।कांग्रसाइ दोस दिएर माओबादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उहाँले कोशी प्रदेशमा आफुहरुकै सरकार रहेको बताउनुभयो । नयाँ गठबन्धनले कुन धारामा टेकेर के के गर्छ त्यो भने हेर्दै जाने उहाँको कथन छ । उहाँले गृहमन्त्री रबि लामिछानेले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने जिकिर गर्नुभयो ।
राजनीतिमा नैतिकताको खडेरी रहेको भन्दै उहाँले सहकारीमा आफै दोषि देखिएका लामिछानेले राजिनामा दिएर अनुसन्धानलाइ सहयोग गर्नुपर्ने बताउनुभयो । बिबादमा तानिएपछि यसअघि धेरैले पद त्यागेकाके स्मरण गर्दै कोइरालाले भन्नुभयो– इतिहास हेरौँ रामशरण महत,बिष्णु पौडेल,जर्नादन शर्मा,गोकुल बास्कोटा,कृष्णबहादुर महराले पद छाडेर सहयोग गरेका थिए ।उहाँले महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषिलाइ भने धरौटीमा रिहा हुनु रहस्यमय रहेको दाबि गर्नुभयो ।नेता कोइरालाले कांग्रेस अब एक्लै चुनाब लड्ने र कसैकौ बैसाखी नटेक्ने दाबि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस नेताहरु अब्दुल रज्जाक, डा गोविन्दराज पोख्रेल गंगा शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्वकेन्द्रिय सदस्य बाबुराम राना, बिष्णु पोखरेल,रुपन्देहीका पुर्वसभापती रामचन्द्र ढकाल, पुर्वसांसद प्रमोद यादव, नगर सभापति खेलराज पाण्डेय, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँण, पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठ,प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की,बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,काजिमान श्रेष्ठ, परमानन्द भट्टराइ ,बालकृष्ण पौडेल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)