Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजबारे सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजबारे सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

  • 1.2K
    SHARES

  • दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजबारे  सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

    काठमाडौ,चैत्र ६ ।

    दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ । मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

    झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए ।

    रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए ।सर्वोच्च अदालतले यी तीनवटै मुद्दालाई सँगै राखेर सुनुवाइ गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology