Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव,विभिन्न ब्याक्तिहरू सम्मानित

सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव,विभिन्न ब्याक्तिहरू सम्मानित

  • 3.2K
    SHARES

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव,विभिन्न ब्याक्तिहरू सम्मानित

    बुटवल,चैत्र ६ ।

    बुटवल ५ स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आफ्नो ३२ औँ वार्षिकउत्सव मंगलबार मनाएको छ । वार्षिक उत्सवको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै बुटवलमा शैक्षिक हवका रुपमा विकास गर्न आफू लागिरहेको बताए । उनले पछिल्लो समय विद्यार्थीहरुको विदेश लहरले क्याम्पसहरुमा विद्यार्थीको खडेरी लाग्नु चिन्ताको विषय भएको बताउँदै त्यसतर्फ सोच्नुपर्ने बेला आएको बताए ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रव खरेलले जिल्लाको शैक्षिक विकासमा आफूहरु जतिसुकै बेला पनि सहकार्य र छलफल गर्न तयार रहेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले क्याम्पसका आवश्यक सहयोग गर्न पालिकाको साथ सधै रहने बताइन । क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले पछिल्लो समय विद्यार्थीहरु विदेशिने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै यसलाई राज्यले रोक्नुपर्ने बताए ।क.jpg

    शर्माले वार्षिकउत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको बताए । वार्षिकोत्सवको अवसरमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन, क्याम्पसका पूर्वअध्यक्ष तथा कांग्रेस नेता स्व.सूर्यप्रसाद प्रधानको स्मृति सभाहलको नामाकरण र सेमिनार हल शुभारम्भ तथा नेपाल टप र तृतिय स्थान हासिल गर्ने बिद्यार्थी, अभिभावक,उत्कृष्ट नतिजा ल्याएका विद्याथी तथा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बनेका बिद्यार्थीलाइ पुरस्कार वितरण तथा  सम्मान गरिएको छ ।

    वार्षिकउत्सव समारोहमा बुटवल उद्योग बाणिज्य संघका अभ्यक्ष हरि अर्याल,बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठक, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्राध्यापक गोपाल चापागाइ, बिभिन्न राजनैतिक दलबाट दल प्रजापाल गिरि, बाबुराम पन्थी, निर्मल कुमार,बिद्यार्थी संगठनहरुबाट महेश पौडेल,बिजय बोहोरा,डेबा भुसाल,उत्तम पोखरेल,संग्राम भ्यु थापा,गणेश हिताने लगायतले बोल्दै क्याम्पसलाइ नमुना बनाउन सबैको भूमिका आवश्यक रहने बताए ।sgb.jpg

    सो अवसरमा दीर्घ सेवा प्रदान गरेका प्राध्यापक तथा संस्थापकहरु प्राध्यापक,कार्यरत प्राध्यापक,कर्मचारीहरु ,एमफिल गरेका प्राध्यापकहरु,१० जना अक्षयकोष दाता,क्याम्पसका बिद्यार्थी संगठनहरुलाइ तथा अन्य सहयोगिलाइ समेत सम्मान पत्रले सम्मान गरिएको छ ।

    नागरिक अनलाइनका सम्पादक ज्ञवाली सम्मानित  :

    कार्यक्रमकै अवसरमा क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख,गोरखापत्र तथा नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवालीलाइ क्याम्पसकोे शैक्षिक गुणस्तर एवं क्याम्पसको समग्र विकासमा सञ्चारको माध्यमबाट पुर्याउन अतुलनिय योगदान गरेको उच्च मूल्याङ्कन गर्दै दोसल्ला, तथा सम्मान पत्र प्रदान गरिएको छ ।kapil.jpg

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको ५ कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल–१२ मा जग्गा व्यवस्थापन गरी नयाँ कार्यक्रम लागू गर्नको लागि पहल भइरहेको जानकारी दिए । अक्षयकोषको स्थापना गरी विपन्न घरपरिवारका विद्यार्थीलाई सोही छात्रवृत्तिबाट पढाउने योजना रहेको उनले बताए ।

    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती तथा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेर नाचगान गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताए । क्याम्पस संचालक समितिका उपाध्यक्ष कृष्णलाल जोशीको स्वागतमा भएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गरेका थिए ।campus.jpg

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एवं विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गर्न सफल सो क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा १ हजार २ सय ८० र कक्षा ११र १२ मा ४३५ विद्यार्थीहरु गरि कुल १ हजार ७ सय ७५ विद्यार्थी रहेका छन् भने ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका छन् ।sir.jpg

    a.jfifss.jpg

    बिस २०४८ साल असोज २१ गते स्थापना भएको क्याम्पसमा हाल एमबिएस एमएड बिबिएस बिएड तथा कक्षा ११ र १२ मा म्यानेजमेन्ट,एजुकेशन र हुमानिटिज सकायमा अध्ययन अध्यायपन हुँदै आएको छ ।3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology