Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरूक्षेत्र गाउँपालिकामा रगत नि:शुल्क ,ब्लड बैँकसंग सम्झौतापत्रमा हस्ताक्षर

रूरूक्षेत्र गाउँपालिकामा रगत नि:शुल्क ,ब्लड बैँकसंग सम्झौतापत्रमा हस्ताक्षर

  • 1.9K
    SHARES

  • रूरूक्षेत्र गाउँपालिकामा रगत नि:शुल्क ,ब्लड बैँकसंग सम्झौतापत्रमा हस्ताक्षर

    बुटवल,चैत्र ५ ।

    गुल्मीको रूरू क्षेत्र गाउँपालिकाका बासिन्दाले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्  ।नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र रुपन्देही र रूरू क्षेत्र गाउँपालिका गुल्मीबिच रूरूबासीलाइ नि:शुल्क रगत उपलब्ध गर्ने गरि सोमबार बुटवलमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    बुटवल स्थित रक्त सञ्चार केन्द्रमा आयोजित एक कार्यक्रमका बिच रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने र सदस्य सचिव राधा ज्ञवालीका बिचमा सम्झौतापत्रहस्ताक्षर पछि हस्तान्तरण समेत भएको छ । गुल्मीमा यसअघि छत्रकोेट र दोस्रो पालिकाका रुपमा रूरूक्षेत्र गाउँपालिकाले निशुल्क रगत पाउने गरि सम्झौता भएको हो ।

    कार्यक्रममा रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रूरूका बासिन्दालाई पायक पर्ने क्षेत्रका रुपमा रुपन्देही भएको भन्दै यहाँ आउने सेवाग्राहीलाई लक्षित गरि सेवाको भावनाका साथ काम अघि बढाएको बताए ।blood and ruru.jpg

    विपन्न नागरिकहरु जो सेवा लिन आउदा सहज रुपमा रगत उपलब्ध गराउने गरि समन्वयकारी भूमिका खेल्न सुझाव दिए । पालिकाबाट निरन्तर स्थानिय बासिन्दाहरुको स्वस्थ्यको क्षेत्रमा विविध काम गर्दै आएको उनले बताए । स्थानिय सरकार जनताको ससाना आवश्यकता पूरा गर्ने गरि अभियानमा आफू लागेको उनले बताए । मासिक रुपमा रगत उपलब्ध गराएको रिपोर्ट पठाउने र त्यसवापत भुक्तानी हुँदै आएको उनले बताए ।

    रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले निरन्तर रगतको अभाव आउने गरेको बताए । ३५ हजार युनिट वितरण गरेको भन्दै उनले यो प्रत्येक वर्ष रगतको माग बढ्दो रहेको बताए । पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए ।  

    गुल्मी छत्रकोट गाउपालिका ४ महिनाअघि सम्झौता भएको केन्द्रका सदस्य सचिव राधा ज्ञवालीले बताईन् । केन्द्रबाट ७ जिल्लाबाट सेवा लिन आउने बताईन । ब्लड बैँकबाट मासिक २४ सय युनिट रगत खपत हुँदै आएको छ । यसैगरि २१ सय संकलन हुदै आएको उनले बताईन् । लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीलाई निशुल्क रगत घोषणा गरेको छ जसले गर्दा सरकारी अस्पतालमा सेवा लिने विरामीहरुलाई सहज भएको छ ।

    लुम्बिनी प्रदेशका केही स्थानिय सरकारहरु आफनो बासिन्दाहरुलाई नि:शुल्क रगत उपलब्ध गराउने अभियानमा लागेका छन । स्वस्थ्य जस्तो संवेदनशिल विषयमा स्थानिय सरकारको यो कार्यले नीजि र सामुदायिक अस्पतालमा उपचार गर्ने विरामीहरुलाई रगत उपलब्धतामा राहत मिलेको छ ।

    नेपाल रेडक्रस सोसाईटी रक्त सेवा संचार केन्द्र बुटवलमा रुपन्देहीको सैनामैना बाहेक सबै पालिका, कपिलवस्तुको ६ पालिकाले निशुल्क रगत उपलब्ध गराउने गरि सम्झौता गरेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पनि रगत निशुल्क उपलब्ध छ ।blood and ruru.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology