Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा,भोलि मूल समारोह तथा पुस्तकालय उद्घाटन

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा,भोलि मूल समारोह तथा पुस्तकालय उद्घाटन

  • 2.7K
    SHARES

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा,भोलि मूल समारोह तथा पुस्तकालय उद्घाटन

    बुटवल चैत्र ५ ।

    बुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश गरेको छ ।  ३२ औँ वार्षिकोत्सवको अवसरमा क्याम्पसले एक हप्तादेखि हरेक दिन विभिन्न कार्यक्रम समेत गरिरहेको छ ।

    क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गरिएको र मूल समारोह भोलि हुने जनाएको हो ।क्याम्पसले फागुन ३० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गरेको क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बताए । सप्ताहव्यापी कार्यक्रम सम्पन्न भइसकेको र मंगलबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सवको मनाइने क्याम्पस प्रमुख शर्माले बताए ।
    वार्षिकोत्सवको अवसरमा मंगलबार नव निर्मित पुस्तकालय भवनको उद्घाटन,क्याम्पसका पूर्व अध्यक्ष स्व.सूर्यप्रसाद प्रधानको स्मृति सभाहलको नामाकरण र सेमिनार हल शुभारम्भ, तथा उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार वितरण,सम्मान गर्ने कार्यक्रम रहेको छ ।sgbc a.jpg

    पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शर्माले आफु १२ औँ क्याम्पस प्रमुखको रुपमा आफुले नेतृत्व गरिरहेको र यसलाइ उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने गरी आफु लागि रहेको बताए । पछिल्लो समय विद्यार्थीहरु विदेशीने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै बताउँदै यसलाई राज्यले रोक्नु पर्ने बताए ।siddhartah gautam buddha campus chief.jpg

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको ५ कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल १२ मा जग्गा ब्वस्थापन गरि नयाँ कार्यक्रम लागु गर्नको लागि पहल भइरहेको जानकारी दिए । अक्षयकोषको स्थापना गरी विपन्न घर परिवारका विद्यार्थीलाई सोही छात्रावृत्तिबाट पढाउने योजना रहेको उनले बताए ।

    क्याम्पसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३१ गते वक्तृत्वकला र बास्केटबल प्रतियोगिता, चैत्र १ गते हाजिरि जवाफ, चैत्र २ गते कुर्सी दौड, चैत्र १ र २ गते छात्र क्रिकेट र छात्रछात्रा भलिवब प्रतियोगिता, चैत्र ४ गते स्पिलिङ्ग कन्टेस्ट र चैत्र ५ गते रक्तदान कार्यक्रम गरेको सहायक क्याम्पस प्रमुख कृष्ण खनालले बताए ।  रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको सहायक क्याम्पस प्रमुख खनालले बताए ।

    बिस २०४८ साल असोज २१ गते स्थापना भएको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा १ हजार २ सय ८० र कक्षा ११र १२ मा ४३५ विद्यार्थीहरु गरि कुल १ हजार ७ सय ७५ विद्यार्थी रहेका छन् भने ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका छन् ।

     यसअघिका नतिजामा सर्बोत्कृष्ट नतिजा ल्याएर नेपालमा टप समेत गरेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा हाल एमबिएस एमएड बिबिएस बिएड तथा कक्षा ११ र १२ मा म्यानेजमेन्ट,एजुकेशन र हुमानिटिज स‌कायमा अध्ययन अध्यायपन हुँदै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology