Logo बिहिवार, आश्विन १ गते २०८३
images

फर्साटिकर कप : सेन्ट्रल कलेजले जनज्योतिलाई २-१ ले पराजित गर्याे

फर्साटिकर कप : सेन्ट्रल कलेजले जनज्योतिलाई २-१ ले पराजित गर्याे

  • 2.9K
    SHARES

  • फर्साटिकर कप : सेन्ट्रल कलेजले जनज्योतिलाई २-१ ले पराजित गर्याे

    बुटवल,पुस ११- 

    आठौं फर्साटिकर कप २०७७ अन्तर्गत आज भएको दोस्रो दिन जनज्योति क्लब  र सेन्ट्रल कलेज चितवन बीच भएको खेल प्रतिस्पर्धामा सेन्ट्रल कलेज चितवन विजयी भएको छ ।

    निर्घारित समयमा दुबै समुहबाट २-२ गोल भएकोमा ट्राईब्रेकरमा सेन्ट्रल कलेज चितवनले जनज्योति डिङ्गरनगरलाई २-१  गाेलस‌ँगै बिजयी भएको हो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सेन्ट्रल कलेज चितवनका गोलरक्षक मनोज गुरुङ  म्यान अफ द म्याच घोषणा भई क्लबका संस्थापक अध्यक्ष दामोदर पंगेनीको हातबाट  नगद पुरस्कार प्राप्त गरेका छन्।  

    पौष २५ गतेसम्म संचालन हुने प्रतीयोगितामा प्रदेश ४ र ५ का उत्कृष्ट १६ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले २ लाख रुपैया नगद, यसै गरि दोस्रो हुनेले १लाख रुपैयाँँ ,सेमिफाइनल लिस्ट १५ हजार , सर्वोकृष्ट खेलाडीको लागि १० हजार ,उदयमान खेलाडीको लागि ५  हजार ,उत्कृष्ट गोलकिपरको र्लागि ५ हजार ,उत्कृष्ट रक्षकको लागि ५ हजार ,सर्वाधिक गोलकर्ताको लागि ५ हजार रुपैया  पुरस्कार प्रदान गरिने  छ ।

    भोलीको खेल लिस्नु युवा क्लब र सुनौलो संगम युवाक्लब बिच हुने प्रतीयोगिताका प्रचारप्रसार संयोजक महेन्द्र गौतमले बताएका छन्।रुपन्देहीको शुद्दोधन गाउपालिका-४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लब द्बारा युवा एकता तथा खेलकुद विकासका लागि खेल संचालन गरिएको हाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष ११ २०७७०५:५०:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology