Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

रुपन्देहीमा मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

  • 1.4K
    SHARES

  • रुपन्देहीमा मोबाइल लुटपाटमा संलग्न समूह पक्राउ

    बुटवल,चैत्र २ ।

    रुपन्देहीले प्रहरीले विभिन्न स्थानबाट मोबाइल लुटपाटमा संलग्न आरोपित समूहलाई पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले उक्त समूहलाई पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर पक्राउ व्यक्ति, बरामद मोटरसाइकल र मोबाइल सार्वजनिक गरेको हो । लुटेका मोबाइल पसलमा लगेर बिक्री गरेर आएको पैसाले लागूऔषध खरिद गरेर सेवन गर्ने गरेको खुलेको उहाँको भनाइ छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न कम्पनीका ८ थान मोबाईल र लु ५६ प ७१७ नम्बरको मोटरसाईकल बरामद गरिएको छ ।

    जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले पक्राउ परेकाहरुविरुद्ध चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान कार्यका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिनुभयो ।

    पक्राउ परेका व्यक्तिले आफ्नै घर आसपास वा बजार क्षेत्रमा उभिएका सर्वसाधरणसित जरुरी काम परेको छ भन्दै मोबाइल मागेर माग्ने गरेको डीएसपी भट्टको भनाइ छ । ती व्यक्तिले मोटरसाइकलबाटै मोबाइल लुटेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको छ  । 
    प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर ७ का २५ वर्षीय मनिष हरिजन, २४ वर्षीय देवान गुरुङ, सिद्धार्थनगर १३ का २४ वर्षीय रोमन घर्ती र सियारी ३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् ।

    उनीहरुमध्ये मोटरसाइकल चालक हरिजनविरुद्ध २०७१ सालमा अभद्र व्यवहार र घर्ती लागूऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट लु ५६ प ७१७ नम्बरको मोटरसाइकल र ८ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।  पछिल्लो समय रुपन्देही प्रहरीले सक्रियता देखाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology