Logo बिहिवार, आश्विन १ गते २०८३
images

ड्रिम युनिक रुपन्देही सुपरलिग : ज्ञानाेदय क्रिकेट क्लवलाई सफलता

ड्रिम युनिक रुपन्देही सुपरलिग : ज्ञानाेदय क्रिकेट क्लवलाई सफलता

  • 927
    SHARES

  • ड्रिम युनिक रुपन्देही सुपरलिग : ज्ञानाेदय क्रिकेट क्लवलाई सफलता

    भैरहवा,चैत्र २ ।

    भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को शुक्रबारको खेलमा ज्ञानोदय क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय २६ रनको बलियो स्कोर खडा गर्यो ।

    उसका लागि प्रतीक भट्टराईले ४४, प्रतीक केसीले ३६, प्रवेश सारुले ३१, मनिष पौडेलले २८, निशान्त शर्माले २५ र लक्ष्मण खत्रीले ११ रन बनाए । बलिङमा गोलपार्कका रिक्की पुनले ४, प्रदीप भण्डारी र ईश्वर क्षेत्रीले २(२ तथा सन्देश भण्डारी र आषिश लोहनीले समान १-१ विकेट लिए ।

    जवाफी ब्याटिङमा आएको गोलपार्क २१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा ज्ञानोदयका लक्ष्मण खत्रीले ६ ओभरमा २ मेर्डन राख्दै ७ रन खर्चेर ५ विकेट लिए ।

    यस्तै, नवीन भट्टराई, युवराज सेन र सम्राट थापाले समान १-१ विकेट लिए । गोलपार्कका ईश्वर क्षेत्रीले ५९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरले हार ब्यहोर्यो । ज्ञानोदयका लक्ष्मण खत्री म्यान अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ ।

    आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology