बुटवल,चैत १ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं बार्षिकउत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन आज बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गर्दै छ । त्यसैको पूर्व सन्ध्यामा आज स्टुडेन्स क्वालिटी सर्कलका बिदार्थीलाइ अभिमुखिकरण प्रदान गरिएको छ । त्यस्तै हाजिरि जवाफ प्रतियोगिता,भलिवल प्रतियोगिता र टी १० क्रिकेट प्रतियोगिता गरिएको क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बताउनुभयो ।
भलिवलमा १४ समुह ,क्रिकेटमा १२ टीमले सहभागिता जनाउँदा हाजिरिजवाफमा भने १५ टीमले सहभागिता जनाएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो ।
सो अवसरमा सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय,उपप्राध्यापक मनोजप्रसाद सापकोटा,शेषकान्त अर्याल,पुरुषाेतम ज्ञवाली,थमनसिंह गुरुङ,प्रगतिरत्न गुभाजू लगायले बोल्नुभएको थियो । हाजिरिजवाफमा सूर्य बिकको समुह प्रथम,लक्ष्मी खत्रीको समुह दोश्रो र रमनिसा बेल्बासेको समुह तेस्रो भएका छन् ।
यी समाचारहरू पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)