Logo बुधवार, श्रावण १३ गते २०८३
images

धौलागिरीको २१ औं वार्षिक साधारणसभाद्वारा मर्जर प्रकृयाको बाटाे खुल्ला

धौलागिरीको २१ औं वार्षिक साधारणसभाद्वारा मर्जर प्रकृयाको बाटाे खुल्ला

  • 2.7K
    SHARES

  • धौलागिरीको २१ औं वार्षिक साधारणसभाद्वारा मर्जर प्रकृयाको बाटाे खुल्ला

    बुटवल,पुस ११- 

    बुटवलमा रहेको धौलागिरी बहुउद्देश्यीय सहकारीले मर्जरको बाटाे खुल्ला गरेको छ ।आवश्यकताका आधारमा मर्जरको निम्ति सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । शेयर सदस्यता बृद्धिलाई तिब्रता दिएको उक्त सहकारीले मर्जरको बाटो समेत खुल्ला राख्दै समान प्रकृति र उद्देश्यका सहकारी मर्जरको लागि आएमा त्यसको ढोका खुला राखेको हो ।

    हाल उक्त सहकारीमा शेयर सदस्यको संख्या १ हजार २७७ पुगेको छ ।सहकारी संस्थाको शनिबार बुटवलमा सम्पन्न २१ औं वार्षिक साधारणसभाले सहकारी मर्जर प्रकृयामा जानुपर्ने भएमा आवश्यकता अनुसार व्यबस्था मिलाउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको सचिव देवप्रसाद खनालले जानकारी दिनुभयो ।

    त्यस्तै साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोबिन्द्र खनालले प्रस्तुत गर्नुभएको सहकारीको बहुउद्देश्यीय योजना पुरा गर्न उपयुक्त व्यबसायको खाजी, अध्ययन तथा सञ्चालन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

    मासिक नियमित बचत अधिकतम ५ हजारसम्म जम्मा गर्न सक्ने र ऐच्छिक बचतमा ५० लाख रुपैंया सम्म जम्मा गर्न सकिने, सैनामैना समन्वय उपसमिति गठन, संस्थाले आर्थिक वर्ष ०७६-७७ मा आर्जन गरेको नाफाको १२ प्रतिशत लाभांस वितरण गर्ने, सुत्केरी पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिने, सहकारीले सञ्चालन गरेका बचत योजनाहरुलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
    साधारण सभामा बोल्दै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सहकारीका माध्यमबाट व्यक्तिको जीवन स्तरमा सुधार गर्न र मुलुकको अर्थतन्त्रमा समेत योगदान गर्न सकिने भएकाले सहकारी समृद्धिको आधार भएको बताउनु भयो । उहाँले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्ने हो भने त्यसले रोजगारीको सिजर्ना समेत गर्ने भएकाले रोजगारी अभिबृद्धिमा समेत ठूलो योगदान हुने भनाई राख्नुभयो ।

    संस्थाका शेयर सदस्य मध्यका जेष्ठ नागरिक राधेश्याम राजभण्डारी र हरिबहादुर आचार्य क्षेत्रलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै शैक्षिक कार्यक्रममा उत्कृष्ट भएका शेयर सदस्यका छोराछोरीलाई समेत पुरस्कृत गरिएको थियो ।

    संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक रामकृष्ण खाँण, सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामराज पोख्रेल, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद पन्त, पूर्व उपाध्यक्ष लक्ष्मण आचार्य, सिर्टर सोसाईटीकी रिता केसी, संस्थाका उपाध्यक्ष नारायण घिमिरे, लेखा समिति संयोजक ऋषिराम भट्टराई, ऋण उपसमिति संयोजक राजेन्द्रप्रसाद न्यौपाने, सचिव देवप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology