Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पस : ३२ औं बार्षिकउत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम शुरु

सिद्धार्थ गौतम बुद्ध क्याम्पस : ३२ औं बार्षिकउत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम शुरु

  • 2.5K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पस : ३२ औं बार्षिकउत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम शुरु

    बुटवल,फागुन ३० । 

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं बार्षिकउत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम शुरु गरेको छ । आज एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले  साप्ताहिक कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

    सो अबसरमा बोल्दै शर्माले समाजले पत्याएको क्याम्पसका हरेका कार्यक्रम सामाजिक उत्तरदायित्वसंग जोडिने बताउँदै शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो । बार्षिकउत्सबको पहिलो दिन आज महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।bunapaaa.JPG

    प्राध्यापक रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक तिर्थराज काफ्लेले गर्नुभएको थियो ।  १६ जना बिद्यार्थी सहभागि प्रतियोगितामा भुवन पन्थी प्रथम,सुजाता पौडेल दितिय ,पार्वता घिमिरेले तृतिय स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो ।

    कार्यक्रममा निर्णयकको भूमिकामा उषादेबी रेग्मी,शेषकान्त अर्याल, पुरुषोतम ज्ञवाली रहनुभएको थियो । बार्षिकोत्सव अन्तर्गतका बिभिन्न कार्यक्रमको तयारी तिब्र पारिएको अर्का सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो ।

    क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको प्राध्यापक ताराप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।campus.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology