Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

  • 2.6K
    SHARES

  • शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

    बुटवल,फागुन २९ ।

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिमप्रसाद) आफ्नो जन्मदिनमा तिलोत्तमा गौशालामा सहयोग गरेका छन् । उनले गौशाला रहेका गाइबस्तुलाइ दाना चापट र  भेली खुवाए भने गाइबस्तुका हेरालु र रेखदेख गर्नेलाई समेत एक-एक कपडा समेत किनेर प्रदान गरे ।

    उनले सोही स्थानमा वर पिपलको बिरुवा तथा आँप र लिचीका बिरुवा समेत रोपे र संरक्षण समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।  उनले हरेक पटकको जन्मदिनमा रक्तदान समेत गर्दै आइरहेका छन् ।

    सो अबसरमा शान्ति समाजका केन्द्रिय सल्लाहकार एवं निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनालले समाजले रचनात्मक काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले समाजका अध्यक्ष भट्टराइले सामाजिक काम र बिभिन्न अभियानमा सक्रियता बढाएको उल्लेख गर्नुभएको थियो ।

    समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे,सदस्य अर्जुन ज्ञवाली प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल,चिदिपानी तिलोत्तमा समाजका उपाध्यक्ष गुरु भुसाल, सचिव ओम भण्डारी,  कोषाध्यक्ष रामप्रसाद भण्डारी, मीन भण्डारी ,छवि भण्डारी, बिष्णु थापा ,श्याम भट्टराइ, अजित भट्टराइ लगायतको सहभागिता रहेको थियो ।gausala.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology