Logo बुधवार, श्रावण १३ गते २०८३
images

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन,लिजेन्डस् कप टी-१० प्रतियोगिता सुरु

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन,लिजेन्डस् कप टी-१० प्रतियोगिता सुरु

  • 1.0K
    SHARES

  • एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन,लिजेन्डस् कप टी-१० प्रतियोगिता सुरु

    बुटवल,फागुन २८ । 

    रुपन्देहीको तिलोत्तमामा लिजेन्डस् कप टी-१० प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा-१७ मा नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनपछि एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

    पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टीमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टीमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहेका छन् ।

    एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।extratech-cricket _opening.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology