Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘जीवी राई सन्तोष कार्कीकोमा छन् ,मलाई गृहमन्त्रीले अनुमति दिए सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु’ : दुर्गा प्रसाईं

‘जीवी राई सन्तोष कार्कीकोमा छन् ,मलाई गृहमन्त्रीले अनुमति दिए सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु’ : दुर्गा प्रसाईं

  • 951
    SHARES

  • ‘जीवी राई सन्तोष कार्कीकोमा छन् ,मलाई गृहमन्त्रीले अनुमति दिए सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु’ : दुर्गा प्रसाईं

    काठमाडौँ,फागुन २७  ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् ।

    आइतबार झापाबाट काठमाडौँ आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले आफू काठमाडौँ आएको बताए । 

    ‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ । दुर्गा प्रसाईं  टाइगर हो टाइगर जिउँदै छ’, प्रसाईंले भने, ‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु ।

    तर फाइल खोल्ने आँट गर्नुस्’, उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने बताए । ‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् । मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु ।’ 

    उनले सर्वहारा वर्ग र भुइमान्छेमाथि सरकार खनिएको भन्दै २०३० सम्म यो देश माफियाले लिइसक्ने घोषणा गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology