Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा आज ६६ जना कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुग्याे

रुपन्देहीमा आज ६६ जना कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुग्याे

  • 3.4K
    SHARES

  • रुपन्देहीमा आज ६६ जना कोरोना  संक्रमित थपिएसंगै  कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुग्याे

    बुटवल, भदौ २०। 

    रुपन्देहीमा आज ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ।

    निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नियमित रुपमा परिक्षण भइरहेको छ।सो ल्याबबाट आएका रिर्पोट अनुसार शनिबार बेलुकासम्म रुपन्देहीका विभिन्न ८ पालिकामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

    शाहका अनुसार सबैभन्दा बढी रोहिणी गाउँपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ।

    जिल्लाका संक्रमित मध्ये २६ जना महिला र ४० जना पुरुष हुन्। जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

    आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। हालसम्म १३ जनाको मृत्यु भैसकेकाे छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology