Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिद्धबाबा मन्दिर विकास समितिद्वारा सम्पादक ज्ञवाली र बुटवल टुडेका खनाललाई सम्मान

शिद्धबाबा मन्दिर विकास समितिद्वारा सम्पादक ज्ञवाली र बुटवल टुडेका खनाललाई सम्मान

  • 1.9K
    SHARES

  • शिद्धबाबा मन्दिर विकास समितिद्वारा सम्पादक ज्ञवाली र बुटवल टुडेका खनाललाई सम्मान

    बुटवल,फागुन २६ ।

    तिनाउ गाउँपालिका वडा नम्बर ३ पाल्पामा रहेको शिद्धबाबा मन्दिर विकास समितिले दुई जना पत्रकारलाई सम्मान गरेको छ । ऐतिहासिक सिद्धबाबा मन्दिरले नागरिक अनलाईनका सम्पादक, गोरखापत्रका समाचारदाता,बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र बुटवल टुडे दैनिक पत्रिकाका उप–सम्पादक कृष्ण खनाललाई नगद सहित सम्मान गरेको हो ।

    शुक्रबार एक विशेष समरोहका विच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शन्तोष कुमार शेरचन सहित कार्यसमितिलेखनाल लाई सम्मान पत्र र नगद सहित सम्मान गरेको हो ।

    मन्दिरले प्रत्ये बर्ष मन्दिरको विषयमा खोजमुलक समाचार, रिर्पोट बनाउने पत्रकार लाई सम्मान गर्दै आएको छ । पत्रकारद्वय संगै फोटो ग्राफर मिथुन कुँवरलाई पनि नगद सहित सम्मान गरिएको मन्दिर विकास समितिका सदस्य तोया लाम्सालले जानकारी दिए ।

    महाशिवरात्रीको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको ऐतिहासिक शिद्धबाबा मन्दिरमा खुल्ला भजन प्रतियोगीता समेत आयोजना गरिएको छ ।

    जसमा पाल्पा र रुपन्देहीका विभिन्न मजन भण्डलीहरुको सहभागीता रहेको हो । प्रतियोगीतमा सहभागीहरुबाट उत्कृष्ठलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेचरनले जानकारी दिए ।शुक्रबार मन्दिरमा विहानै देखि भक्तजनहरुको भिडभाड रहेको थियो । निःशुल्क भण्डारा सहित प्रसादी वितरण लगायतका कार्यक्र महशिवात्रीको अवसरमा गरिएको थियो ।

    samman  kapil and krishna.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology