Logo बुधवार, श्रावण १३ गते २०८३
images

कमल थापाले भने-‘मेरो नियति प्रचण्डले भोग्नु नपरोस् ’

कमल थापाले भने-‘मेरो नियति प्रचण्डले भोग्नु नपरोस् ’

  • 3.0K
    SHARES

  • कमल थापाले भने-‘मेरो नियति प्रचण्डले भोग्नु नपरोस् ’

    बुटवल,पुस ११-

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्। 

    आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन्। 

    उनले भनेका छन्, 

    पार्टी वैधानिकताको दाविगर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु।तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो।प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना 

    नेकपाको प्रचण्ड–नेपाल पक्षले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूहरुको समूह नै आधिकारिक पार्टी भएको दाबी गरेको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology