Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कञ्चन १ मा निर्माण गरिएको सिद्धबाबा मन्दिरमा पूजाअर्चना शुरु

कञ्चन १ मा निर्माण गरिएको सिद्धबाबा मन्दिरमा पूजाअर्चना शुरु

  • 1.1K
    SHARES

  • कञ्चन १ मा निर्माण गरिएको सिद्धबाबा मन्दिरमा पूजाअर्चना शुरु

    बुटवल,फागुन २६ ।

    रुपन्देही कञ्चन गाँउपालिका वडा नं. १ मा निर्माण गरिएको सिद्धाबाबा मन्दिराम पूजाअर्चना शुरु गरिएको छ । महाशिवरात्रीको अवसरमा मन्दिरमा बिधिपूर्वक पूजा अर्चना थालिएको मन्दिर निर्माणकर्ता रामकुमार रणपालले जानकारी दिनुभयो ।

    सिद्धबाबा मन्दिरमा अबदेखि दैनिक पूजाअर्चना थालिने र नयाँबर्षको अवसरमा उद्घाटन गर्ने तय भएको छ। मन्दिरमा श्रद्धालुको भीड बढ्दै गएकाले थप ब्यबस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

    सबै ब्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology