Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाशिवरात्री : बिहान साढे तीन बजेदेखि नै सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भिड (फोटोफिचरसहित)

महाशिवरात्री : बिहान साढे तीन बजेदेखि नै सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भिड (फोटोफिचरसहित)

  • 5.5K
    SHARES

  • महाशिवरात्री :  बिहान साढे तीन बजेदेखि नै सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भिड (फोटोफिचरसहित)

    बुटवल,फागुन २५ । 

    पाल्पाको सिद्धबाबा मन्दिरमा भीड बढेको छ । चालीस हजार बढी दर्शनार्थी आउने अपेक्षा गरिएको मन्दिरमा भक्तजनलाई सहज पूजाको लागि टोकनको व्यवस्था गरिएको छ। आज महाशिवरात्रिको पूजाका लागि दर्शनार्थीको ठूलो भीड भएकोले पूजाको सहज व्यवस्थापनको लागि सिद्धबाबा मन्दिर बिकास समितिले टोकनको व्यवस्था गरेको हो।kapil gyawali samman.jpg

    टोकनको व्यवस्था गरेपछि पूजाका लागि एकैपटक मन्दिर परिसरमा भिड नहुने र आफ्नो पालोमा मात्र मन्दिरको प्रवेशद्वारमा पुगि पूजा गर्न सहज हुने अपेक्षा समितिको छ।बुटवल र पाल्पाको सिमामा रहेको सिद्धबाबा मन्दिरमा यसक्षेत्रमा सबैभन्दा बढी आस्था र बिश्वासका साथ दर्शनार्थी पुग्ने गर्छन् । msndir s.jpg

    मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको बताए।भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर न्यून शुल्कमा यातायात उपलब्ध गराउने अध्यक्ष शेरचनले जानकारी दिए।mans.jpg

    महाशिवरात्री पूजाको लागि आज बिहान साढे तीन बजेदेखि नै दर्शनार्थीको भिड लागेको छ।  अन्य समयभन्दा भक्तजनको भिड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी तीन दर्जन बढी सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट युवाहरूलाई स्वयं सेवकका रुपमा खटाइएको सचिव अरबिन्द पाण्डेले जानकारी दिए।siddhababa temple.jpg

    हरेक साताको सनिवार र सोमबार मात्र १० देखि १५ हजार सम्म दर्शनार्थीले दर्शन तथा पूजा गर्ने मन्दिरमा वार्षिक १० लाख बढि दर्शनको लागि पुग्ने गर्छन्। पश्चिम नेपालकै पशुपतिको रूपमा विकास गर्ने लक्ष्य राखिएको सिद्धबाबा मन्दिरमा भक्तजनलाई पूजापाठका लागि सकेसम्म सहज हुने गरी व्यवस्था मिलाउने प्रयास गरिएको पाण्डेले जानकारी दिए।samman  kapil and krishna.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology