Logo बिहिवार, आश्विन १ गते २०८३
images

संगीतकर्मी संघ रुपन्देहीद्वारा अनाथ आश्रमका विद्यार्थीहरुलाई पोशाक प्रदान

संगीतकर्मी संघ रुपन्देहीद्वारा अनाथ आश्रमका विद्यार्थीहरुलाई पोशाक प्रदान

  • 3.2K
    SHARES

  • संगीतकर्मी संघ रुपन्देहीद्वारा अनाथ आश्रमका विद्यार्थीहरुलाई पोशाक प्रदान

    बुटवल,पुस ११-

    राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित  रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।

    गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पपोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताउनुभयो । पोशाक वितरण समारोहमा वोल्ने वक्ताहरुले अनाथ तथा असहाय वालवालिकाको भाषामा  परिवर्तन गर्न माग गरेका छन ।

    परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरि भाषा प्रयोग गर्दा  हिनतावोध हुने भएकाले  आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्त गर्न सुझाव दिएका छन ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफको आशा गर्न नहुने धारणा राख्नु भयो । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय  रुपैयां नगद, दया भण्डारीले २१ सय नगद र राजविर  जैसवालले ९ जोर जुत्ता प्रदान गर्नु भएको थियो ।

    कार्यक्रममा महिला अभियान्ता रीता सेन वली, सौगात सायर भगवती पन्थी,दामोदर वस्याल,आश्रमकी अध्यक्ष मैनादेवि भट्रराई लगायतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्त्रता दिन माग गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष ११ २०७७०९:२६:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology