बुटवल,फागुन २४ ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा हिजाे भएको बस दुर्घटनाका ज्यान गुमाएका सबैको सनाखत भएको छ । रूपन्देहीबाट काठमाडौँ जाँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार बिहान ५ बजे दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ (तिनाउ स्कुलकी शिक्षिका ) ,बुटवलका प्रकाश पाठक ,काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।
अन्दाजी वर्ष ५० का बुटवलका पाठकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो।बिहीबार अपरान्ह ३ः४३ बजे सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको एपीएफले जनाएको छ।यो सँगै त्रिशूलीमा बेपत्ता तैनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यस्तै दुर्घटना हुदाँ बसमा रहेका नर्मदा सुवेदी र विराज गैरे हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् । घाइतेको काठमाडौमा उपचार भईरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)