काठमाडौं,फागुन २४ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिन कसैलाई बाँकी नराखेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालका राजनीतिक दल सबैले दाहालबाट धोका पाएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले धोका नदिएको सायदै कुनै दल होला । तपाईंले धोका दिएका सबै दल एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नुहुन्छ ?’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)