Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य रहेको आयोगको ठहर

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य रहेको आयोगको ठहर

  • 1.5K
    SHARES

  • रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य रहेको आयोगको ठहर

    काठमाडौं,फागुन २४ ।

    निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ। आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै चौधरीलाई अस्वीकार गरेको हो ।

    आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ। 

    टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अद्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए।

    आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनी प्रश्न गरेको थियो। गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology