Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या

बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या

  • 981
    SHARES

  • बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या

    बाँके,फागुन २५ ।

    बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका-५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

    पाँच-छ जनाको अपरिचित समूहले मृतक कठरियालाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते कठरियाको उपचारका क्रममा नेपालगन्ज नर्सिङहोममा राति नै मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अपरिचित समूह मृतकको घरमा लुटपाट गर्ने उद्देश्यले गएको र सोही क्रममा कठरियालाई चिर्पट प्रहार गरी घाइते बनाएर लुटपाट गरेर फरार भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रजिअ पोख्रेलले बताउनुभयो ।

    रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण २४ २०८००३:४४:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology