Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान,६० युनिट संकलन

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान,६० युनिट संकलन

  • 3.6K
    SHARES

  • गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान,६० युनिट संकलन

    बुटवल,फागुन २२ ।

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान गरेको छ । गुल्मीदरबार गाउँपालिका चारपालाबाट हाल रुपन्देहीमा विभिन्न पेशा, व्यवसाय र कर्मथलो बनाई बसिरहेका चालपालाबासीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

    रक्तदान कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थाले रक्तदान गरी पुण्य प्राप्तिको काम गरेको बताउनुभयो । रक्तदान गर्नुभनेको जीवनदान गर्नु सरह भएको भन्दै उहाँले गुल्मी चारपाला रुपन्देही समाजलाई धन्यवाद दिनुभयो । 

    रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन गरिएको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीको अध्यक्षता नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकार, कार्यसमितिका पदाधिकारी,वाडका संयोजकहरु तथा उपसमितिका सदस्यहरु, आजीवन सदस्यहरू, साधारण सदस्यहरु, रक्तदाता हरुको उपस्थिति रहेको थियो । 

    समाजले विभिन्न रचनात्मक कार्यहरु गरी स्थापना दिवस मनाउँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology