Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदिप र अभिलाषालाई खुला राष्ट्रिय लनटेनिसको उपाधि

प्रदिप र अभिलाषालाई खुला राष्ट्रिय लनटेनिसको उपाधि

  • 1.4K
    SHARES

  • प्रदिप र अभिलाषालाई खुला राष्ट्रिय लनटेनिसको उपाधि

    बुटवल, फागुन १९ ।

    दोस्रो मेयर कप तथा छैटौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि पोखराका प्रदिप खड्काले चुमेका छन् ।  बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही लनटेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पहिलो रेकिङ खेलाडी प्रदिपले बुटवलका रितिक रानालाई ६-३, ४-६ र ६-४ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

    उसले नगद ६० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे। यो उपाधिसँगै उनले आफनो रेकिङमै रहेका छन। उपविजेता रितिक नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत भए। रितिक एक पटकमात्र उपाधि चुमेका छन। यता महिलातर्फ अभिलाषा बिष्टले आफ्नो उपाधि रक्षा गर्न सफल भईन।

    फाईनलमा सिभाङी आरएल शाहलाई पराजित गर्दै बिष्ट च्याम्पियन बनेकी हुन। उनी लगातार दोस्रो पटक उपाधि आफ्नो नाम गर्दा शाहलाई फाईनलमा ६-०, ६-२ को सोझो सेटमा पराजित गरिन । उपाधिसंगै उनले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भईन। उपविजेता शाहले भने नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरिने । यसैगरी ३५ प्लस सिङ्गलको उपाधि अनिल शाहिले चुमेका छन् । उनले फाईनलमा कमल भण्डारीलाई ७-५, ६-७ र ११-९ को ट्राईबेकरमा जित निकाले।

    प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रदेश खेदकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, बुटवल–५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, नेपाल टेनिस संघका निवर्तमान अध्य‍क्ष मनोज सम्शेर राणा, लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्ष संजय श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष ल‍ोक गुरुङ, लुम्बिनी लनटेनिस संघका उपाध्यक्ष मनोज बस्नेत, जिल्ला संघका अध्यक्ष गोपाल ज्ञवालीले पुरस्कार बितरण गरे। मंगलबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न ११ ईभेन्टहरुमा प्रतिस्पर्धा भएको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology