Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा १ करोड ९० लाखमा ‘नेपाल थेरवाद विहार’

लुम्बिनीमा १ करोड ९० लाखमा ‘नेपाल थेरवाद विहार’

  • 1.8K
    SHARES

  • लुम्बिनीमा १ करोड ९० लाखमा ‘नेपाल थेरवाद विहार’

    बुटवल, फागुन १९ ।

    गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ ।   नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा , भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष  फ्रा.धम्मशोभन महास्थवीर,अखिल नेपाल भिक्षु महासंघ सचीव भिक्षु निग्रोध महास्थवीरले शनिबार एक समारोहका विच उद्घाटन गरेका हुन ।

    अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो । विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ ।

    विहार उद्घाटनपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष डा।ल्हारक्याल लामाले  शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए ।  ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज  उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताएका छन् । कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायतले बोलेका थिए ।

    विहारभित्र बुद्ध मूर्ति  एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ। विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।भिक्षु महासंघले आईतबारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजना गरेको छ ।

    त्रिपिटक ग्रन्थ शोभायात्रा हुने:

    लुम्बिनी विकास कोष लगायतका संस्थाहरुसँग सहकार्यमा आयोजित त्रिपिटक पाठ समारोहको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नेछन् । आईतबार विहान पवित्र त्रिपिटक ग्रन्थ शोभायात्रा शुरु हुने अखिल नेपाल भिक्षु महासंघका महासचिव धर्मगुस्त महास्थविरले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology