बुटवल,फागुन १९ ।
युथ फर एक्सनको आयोजनामा बुटवलमा तीनदिने जिल्ला स्तरिय ‘रुपन्देही कलेज फुटसल’ प्रतियोगिता हुने भएको छ । बुटवल १५ मा रहेको क्लवले रुपन्देहीका करिब ५० बिद्यालयका बिचमा जिल्ला स्तरिय फुटसल प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै युथ फर एक्सनका अध्यक्ष प्रयास आचार्यले जानकारी दिए ।
जिल्ला स्तरिय अन्तर कलेज फुटसल प्रतियोगितामा अहिलेसम्म ५० बिद्यालयलाइ पत्राचार भएको उनले बताए । केही बिद्यालयले अझैपनि दर्ता गर्न सक्ने भएकाले आज बेलुका ९ बजेसम्म नाम दर्ताको समय रहेको कार्यक्रम संयोजक संजोग शर्माले जानकारी दिए ।
फुटसल प्रतियोगितामा प्रथम हुने टीमलाइ ५० हजार नगद,ट्रफी र प्रमाणपपत्र दिइने छ भने दोस्रो हुनेलाइ २५ हजार नगद, ट्रफी र प्रमाणपपत्र दिइने छ । पुरस्कार सौजन्य भने बुटवल चौराहामा रहेको ग्लोबल रिचले गरेको ग्लोबल रिचकी काउन्सीलर शान्ति क्षेत्रीले बताइन् । खेल आइतबार बिहान योगिकुटीमा रहेको लुम्बिनी फुटसलमा हुनेछ ।
प्रतियोगिताका लागि करिब ३ लाख खर्च अनुमान गरिएको छ । ३ हजार दर्ता शुल्क रहेको सो प्रतियोगितामा कक्षा ९ देखि स्नातमसम्मका बिद्यार्थी सहभागि हुन पाउनेछन् । कार्यक्रममा नि:शुल्क हेल्थ डेक्स पनि संचालन हुने नारायण घिमिरे भावुकले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)