Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१ अर्व लगानीमा पौवाले नेपालगञ्जमा ५ तारे होटल बनाउँदै

१ अर्व लगानीमा पौवाले नेपालगञ्जमा ५ तारे होटल बनाउँदै

  • 2.3K
    SHARES

  • १ अर्व लगानीमा पौवाले नेपालगञ्जमा ५ तारे होटल बनाउँदै

    नेपालगञ्ज,फागुन १७ ।

    होटल पौवाले नेपालगञ्जमा आफ्नो १३ औं शाखा खाेल्ने भएको छ । ७ वर्ष अघि स्थापना भइ कोशी र मधे प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाकारुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको छ । 

    सुबिधा सम्पन्न ५ तारे होटल निर्माणको आज पूजापाठ सहित शिलान्यास गरिएको छ । होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरेका हुन् । नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरि ग्रहाकलाई सेवा दिइने पौवाका संचालकहरुले जनाएका छन् । जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे नेपालगन्जमा संचालन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हल सहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुम सहित ८० वटा डिलक्स रुप उपलब्ध हुनेछन् । 

    जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाकारुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुबिधा सहितको होटल सञ्चालनको सुरुवात गरेको होटल पौवा प्रालीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । उनले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे । 

    होटलमा प्रवे्श गरेदेखि बाहिरिँदा सम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरि होटलले सेवा दिँदै आएको अध्यक्ष भण्डारीले बताए ।

    होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गरे । उनले २ वर्ष भित्र निर्माण सम्पन्न गरि सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटामात्र समुह भएको दाबी गरे । नेपालगन्ज निर्माण सुरु गरिएको होटलमा मात्र पौवाकोे करिव १ अर्व लगानी हुने अनुमान गरिएको छ । pauwa.jpg

    पौवाका प्रबनध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ । 

    लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही,  कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिईरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्ट सहित होटल संचालनमा रहेको छ ।

    ज्ञवालीले होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको जानकारी दिए । उनले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल संचालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यता सहित होटल संचालनको प्रारम्भीक तयारी गरिएको बताए । गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको उनले बताए ।  

    नेपालगन्जमा पहिलो होटलकारुपमा ९ तला सहितको एउटै छानामुनी क्योसिनो, स्पा, स्विमीङ, जिम सुबिधा रहेको होटल संचालन हुने होटलका प्राबिधिक समुहका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology