Logo बिहिवार, आश्विन १ गते २०८३
images

खुला लनटेनिस : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

खुला लनटेनिस : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

  • 831
    SHARES

  • खुला लनटेनिस  : प्रदिप, प्रनव, रितिक र निशान्त अन्तिम चारमा

    बुटवल,फागुन १७।

    दोस्रो मेयर कप तथा छैटौँ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० मा प्रदिप खड्का, प्रनव मानन्धर, निशान र रितिक अन्तिम चारमा प्रवेश गरेका छन । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको मेन्स सिगलमा अन्तिम चारको टुगो लागेको छ । प्रदिप खड्काले आर्यन गिरीलाई ६–३, ६–४, प्रनव मानन्धरले प्रनव खनाललाई ६–१, ३–६, ६–३, निशान श्रेष्ठले आशिष खड्कालाई ६–१, ६–४ तथा रितिक रानाले सक्षम भुषण शाहलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

    यसैगरि मेन्स डबल्सको उपाधिका लागि सक्षम भुषण शाह र आर्यन गिरीको जोडी र आशिष खड्का र आयुषमान गुरुङको जोडी भिड्ने भएका छन । पहिलो सेमीफाईनलमा सक्षम भुषण शाह र आर्यन गिरीको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३, दोस्रो सेमीफाईनलमा आशिष खड्का र आयुषमान गुरुङको जोडीले रितिक राना र निशान्त श्रेष्ठको जोडीलाई ६–२, ६–४ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । 

    यसैगरि ३५ प्लस मेन्स सिगलमा अनिल शाहीले नबिन श्रेष्ठलाई ६–१, ६–२, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–१, कमल भण्डारीले राजन पौडेललाई ६–३, ६–०, सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–१, ६–३ को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन । 

    यसैगरि ३५ डबल्सको उपाधिका लागि सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले सिमान्त गुरुङ र अनिल शाहीको जोडीसंग शुक्रबार उपाधि भिडन्त गर्ने छ । विहिबार भएको पहिलो सेमीफाईनल खेलमा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले बिकास गुरुङ र पदम गुरुङको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाईनलमा सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले राजन पौडेल र नबिन श्रेष्ठको जोडीलाई ७–६, ६–४, १०–३ को सेटमा जित निकाल्दै फाईनलमा प्रवेश गरेका हुन । 

    यसैगरि ४५ प्लस मेन्स सिगलको उपाधिका लागि कलम भण्डारी र गोपी भट्टराईको बिचमा खेल हुन भएको छ । विहिबार भएको पहिलो सेमीफाईनलमा कमल भण्डारीले रोहित सुनुवारलाई ६–१, ६–० तथा गोपी भट्टराईले महादेव भण्डारीलाई ५–७, ६–३, १०–५ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । 

    यसैगरि ४५ डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेले वाकओभर पाएर फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईलमा रोहित सुनुवार र जोली टार्जनको जोडीले हिमाल श्रेष्ठ र सुर्दशन भण्डारीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि ५५ मेन्स सिगलको उपाधिका लागि चन्द्र शाही र राजु श्रेष्ठ भिड्ने भएका छन । विहिबार भएको पहिलो सेमीफाईनलमा चन्द्र शाहीले बिमल गुरुङलाई ६–२, ७–५ र दोस्रो सेमीफाईनलमा राजु श्रेष्ठले बिष्णु हमाललाई ६–०, ६–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

    यसैगरि ५५ डबल्सको उपाधिका लागि बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले लोक गुरुङ र धर्म लामिछानेको जोडी बिच फाईनल खेल हुने भएको छ । बिहिबार भएको पहिलो सेमीफाईनलमा बिमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले सुर्दशन भण्डारी र शिव सेढाईको जोडीलाई ७–६, ६–३, १०–७  तथा दोस्रो खेलमा  लोक गुरुङ र धर्म लामिछानेको जोडीले चन्द्र शाही र जोली टार्जनको जोडीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।

    यसैगरि ६५ प्लस सिगलको उपाधिका लागि मनोज राणा र ध्रुव गुरुङ बिच खेल हुने भएको छ । फाईनल खेल शुक्रबार हुने टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए । फागुन १५ देखि शुरु भएको प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology