Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन सकेन :प्रधानमन्त्री दाहाल

नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन सकेन :प्रधानमन्त्री दाहाल

  • 879
    SHARES

  • नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन सकेन :प्रधानमन्त्री दाहाल

    काठमाडौं, फागुन १७ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

    उहाँले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको चर्चा गर्नुभयो । उहाँले यो स्थिति जटिल परिस्थितिको सङ्केत भएको बताउनुभयो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताउनुभयो । 

    उहाँले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताउनुभयो । उहाँले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरूका अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको सङ्केत होइन ।

    यो निकै नै जटिल परिस्थितिको सङ्केत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वबिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology