Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन

उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन

  • 1.2K
    SHARES

  • उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन

    बुटवल,फागुन १६ ।

    निर्वाचन आयोगबाट विं.स. २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ ।

    यस कार्यक्रमअन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ ।उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार उक्त अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने छ ।

    यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति  चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ ।निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ ।

    साथै त्रुटिरहित र अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले उल्लिखित कार्यक्रममा प्रचारप्रसार, समन्वय, सहयोग र सहकार्यका लागि राजनीतिक दल, सञ्चार माध्यम एवम् सरोकारवाला सबैमा आयोगको आग्रह छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology