Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘देवदह नगरपालिकामा तोडफोड गर्ने जनप्रतिनिधिलाई कानूनी कारवाहीको माग’

‘देवदह नगरपालिकामा तोडफोड गर्ने जनप्रतिनिधिलाई कानूनी कारवाहीको माग’

  • 1.3K
    SHARES

  • ‘देवदह नगरपालिकामा  तोडफोड गर्ने  जनप्रतिनिधिलाई कानूनी कारवाहीको माग’

    बुटवल,फागुन १५ ।

    देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

    मंगलबार बिहान नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो । हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो ।

    नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमबार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

    नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताउनुभयो । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भन्नुभयो, ‘मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’

    गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदहका कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।

    ‘खेलकुदको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भन्नुभयो, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’

    प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार नै भएको बताउनुभयो । ७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमबार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमबार नै तोडेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology