Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोनाको असर : आर्थिक तथा व्यबसायिक प्रभावको सर्वेक्षण गरिँदै

कोरोनाको असर : आर्थिक तथा व्यबसायिक प्रभावको सर्वेक्षण गरिँदै

  • 2.9K
    SHARES

  • कोरोनाको असर : आर्थिक तथा व्यबसायिक प्रभावको सर्वेक्षण गरिँदै

    बुटवल,पुस १०-

    कोरोना भाईरस (कोभिड–१९) को कारण आर्थिक तथा व्यबसायिक रुपमा परेको प्रभावको अध्ययन तयारी गरेको बुटवल उद्योग बाणिज्य संघले त्यसको प्रभावको बारेमा बस्तुगत समितिहरुसंग छलफल गरेको छ ।

    कोरोना भाईरस कोभिड–१९ ले प्रभाव पार्यो मात्रै भन्ने भन्दा पनि के कस्तो प्रभाव पार्यो ?, आर्थिक नोक्सानी के कति भयो ?, रोजगारीको क्षेत्रमा कस्ता समस्या भए ?, आगामी दिनमा कस्ता समस्या देखिन्छन् ? लगायतका कुराहरुको एकिन बिवरण ल्याउनको लागि बुटवल उद्योग बाणिज्य संघ र लुम्बिनी बाणिज्य क्याम्पसले संयुक्त रुपमा कोभिड–१९ को आर्थिक तथा व्यबसायिक प्रभाव सर्वेक्षणको तयारी गरिएको बुटवल उद्योग बाणिज्य संघका कार्यालय प्रमुख मदन खनालले जानकारी गराउनुभयो ।

    कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठले कोभिडका कारण नीजि क्षेत्रमा परेको असरको आकलन गर्न र सरकार निकाय तथा अन्य क्षेत्रमा औद्योगिक तथा व्यबसायिक प्रवद्र्धनको लागि पहल पैरवी गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले कोभिडका कारण हामी समस्यामा पर्यो भन्नेमा दुई मत नभएपनि बास्तविक तथ्यांक भएन, त्यसकै लागि लुम्बिनी बाणिज्य क्याम्पसको सहकार्यमा सर्वेक्षण गर्न लागिएको बताउनु भयो ।

    यो सर्वेक्षणमा क्षेत्रगत रुपमा बस्तुगत संघहरुबाट र व्यक्तिगत रुपमा उद्योगी व्यबसायीलाई स्याम्पल कलेक्सन गरिने छ । बस्तुतग संघहरुबाट सूचना लिने काम सुरु भएको र अर्को हप्तादेखि व्यक्तिगत रुपमा उद्योगी व्यबसायीबाट सूचना संकलनको काम सुरु हुने बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।

    पुम नेदरल्याण्डको प्राविधिक सहयोगमा गर्न लागिएको आर्थिक तथा व्यबसायिक प्रभाव सर्वेक्षणको अन्ति रिजल्ट आउन करिव १ महिना लाग्ने संघले जनाएको छ ।

    शुक्रबार संघमा भएको कार्यक्रममा बस्तुगत संघहरु खुद्रा किराना, ग्रिल, मिष्ठान्न तथा क्याटरिङ्, ईटा, बिद्यालय, कपडा लगायतका उद्योगी व्यबसायीहरु सहभागि भएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology