Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत

लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत

  • 1.7K
    SHARES

  • लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत

    बुटवल,फागुन १४ ।

    लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ ।

    सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए ।

    नवयुक्त योजना प्रमुख भट्टसंग ठुलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टिमवर्क आवश्यक रहेको बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नया योजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए । 

    नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै कोषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रमा निवर्तमान योजनाप्रमुख एव बरिष्ठ ईञ्जिनियर सरोज भट्टराईले पुराना कुरा विर्सेर आगामी योजना निर्माण गर्नु पर्ने बताए । उनले नवनियुक्त योजनाप्रमुख सहकार्य र सहयोग गर्न तयार रहेको बताए ।

    प्राविधिक फाँटको प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेको सन्दर्भमा महिला पमुख हन सुखद भएको उनको भनाई थियो । कार्यक्रममा कोषका कार्यकारीणी सदस्य श्याम रोक्का, विश्वराज पौडेल र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology