Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखी क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई स्वागत

बुटवल बहुमुखी क्याम्पसका नव आगन्तुक विद्यार्थीलाई स्वागत

  • 4.5K
    SHARES

  • बुटवल बहुमुखी क्याम्पसका नव आगन्तुक  विद्यार्थीलाई स्वागत

    बुटवल,फागुन १४ ।

    बुटवल बहुमुखी क्याम्पसमा बिबिए कार्यक्रा अन्तर्गत तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका छन् ।

    कार्यक्रममा बाेल्दै बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख दुर्गा भुसालले बुटवल बहुमुखी क्याम्पसमा बिबिए प्रोग्राम सुरुवात भएदेखी विद्यार्थीहरुले अन्यत्र जाने वातावरण हटेको र क्याम्पसको गरिमा वृद्धि भएको बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी बिबिए प्रोग्राम डाइरेक्टर ओम प्रकाश अर्याल रहनुभएको थियो ।

    डाइरेक्टर अर्यालले पछिल्लो समय विद्यार्थीहरुमा प्लस टु अध्ययन पछी बिदेश पलायन हुने संख्या बढिरहेको र यसलाई रोक्नका निमित्त मोफसलमै सर्वसुलभ रकममा विद्यार्थीहरुले आफ्नो अनुकुलता अनुरुप बिबिए अध्ययन गर्ने बाताबरण सृजना भएकोमा त्रिभुवन विश्वविद्यालय एवम बुटवल बहुमुखी क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    साथै उहाँले बिबिए प्रोग्राम सुरुवात भएदेखी नै बिबिएमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्दै आएकोमा बधाई ज्ञापन गर्दै थप सफलता हासिल गर्न विद्यार्थीलाई प्रेरित गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता तेस्रो सेमेस्टरका विद्यार्थी रबिन अर्यालको रहेको थियो । स्वागत मन्तव्य विशाल पन्थीले गरेका थिए ।कार्यक्रममा स्ववियु सभापती दुर्गा बहादुर एम सी , बिबिए प्रोग्राममा अध्यापनरत प्राध्यापकहरु दासिराम भण्डारी ,दुर्गा पन्थ ,निवास कुवर , सन्तोस ज्ञवाली लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन कपिल अगस्त र एलिना रायमाझीको रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology