बुटवल, भदौ २०।
पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ।
प्रदेश १ मा मोरङ वर्षिया महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षिया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।
प्रदेश ५ मा नवलपरासीका ३६ वर्षिया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। देशभर ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।
पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। होम आइसोलेसन तथा अस्पताल वा संस्थागत आइसोलेसनबाट उनीहरू संक्रमणमुक्त भएको उनले बताए।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)