Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आमा गुमाएको एक वर्षपछि किरियामा बसे डा.चन्द्र भण्डारी

आमा गुमाएको एक वर्षपछि किरियामा बसे डा.चन्द्र भण्डारी

  • 1.9K
    SHARES

  • आमा गुमाएको एक वर्षपछि किरियामा बसे डा.चन्द्र भण्डारी

    बुटवल,फागुन १३ ।

    नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले आमाको निधन भएको एक वर्षपछि किरियामा बसेका छन् । पशुपतिस्थित कृयापुत्री कोठा नम्बर ११३ मा आमाको क्रिया बसेका हुन् । 

    बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले भण्डारी किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा राख्दै मृतक आमालाई श्रद्धान्जली दिएका छन् । ‘नेपाली  कांग्रेसका केन्द्रीय  सदस्य  डा. चन्द्र भण्डारीज्यू  तत्कालीन घटनामा गम्भीर  घाइते  हुदा  उहाँकी माताको  अकल्पनीय  र दुखद् निधन  भएको  थियो ।

    उक्त समयमा स्वास्थको कारणले आमाको क्रियामा बस्नसक्ने अवस्था थिएन,उनले लेखेका छन्, ‘यसैकारण अहिले  उहाँ आमाको क्रियामा पशुपति कृयापुत्री भवन, रुम नम्बर  ११३ मा हुनुहुन्छ ।’


    गत फागुनमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको थियो । विस्फोटमा चन्द्र भण्डारी पनि घाइते भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology