Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौंः प्रधानमन्त्री दाहाल

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौंः प्रधानमन्त्री दाहाल

  • 1.0K
    SHARES

  • तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौंः प्रधानमन्त्री दाहाल

    काठमाडौं, फागुन १२।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए।

    ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ।

    आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।’ नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने प्रधानमन्त्री प्रचण्डले बताए।

    ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ,’ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology