Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलवस्तु हत्या प्रकरणः कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ

कपिलवस्तु हत्या प्रकरणः कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ

  • 1.1K
    SHARES

  • कपिलवस्तु हत्या प्रकरणः कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ

    कपिलवस्तु,फागुन १३ ।

    कपिलवस्तुको महराजगंज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) रहेको प्रहरीले जनाएको छ।

    गत फागुन ५ गते महाराजगंज नगरपालिका-४ पिपरी गाउँ नजिकै कुलोमा गाडिएको अवस्थामा टाउको काटिएको शव फेला परेको थियो।त्यसको ६ दिनपछि शुक्रबार प्रहरीले ज्यान गाडिएको नजिकै अर्को खाल्डो खनेर गाडिएको अवस्थामा टाउको फेला पारेको थियो। त्यसपछि मात्रै शवको पहिचान भएको थियो।  

    प्रहरीले शवको पहिचान भए लगत्तै श्याम कुमार र उनकी दिदी पुष्पादेवीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर वलीले जानकारी दिए। दुबैजनालाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको उनले बताए।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकी गुडिया र मृतकबीच विवाहोत्तर सम्बन्ध रहेको पत्ता लगाएको थियो।

    शिवकुमार र गुडिया दुवै विवाहित हुन्। गुडियाका श्रीमान वैदेशिक रोजगारमा छन्। उनीहरू प्रेमसम्बन्धमा रहेको भाइसँग मिलेर गुडियाले शिवकुमारको हत्या गरेको प्रहरीको अनुमान छ।

    शव गाडिएको स्थानदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरू बीच संघर्ष भएको निशान समेत प्रहरीले भेटेको थियो। यी सबै विषयमा थप अनुसन्धान भइरहेको डिएसपी वलीले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण १२ २०८००३:३३:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology