Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रामेश्वरी पन्तको ‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा,नारीकै शोषण’ लोकार्पण

रामेश्वरी पन्तको ‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा,नारीकै शोषण’ लोकार्पण

  • 1.1K
    SHARES

  • रामेश्वरी पन्तको ‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा,नारीकै शोषण’ लोकार्पण

    बुटवल, फागुन ११।

    नारी स्रष्टा रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथा :नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण गरिएको छ।  पुस्तकको लोकापण समारोहमा प्राडा वीणा पौडेल, उप प्राडा मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समीक्षा गरेका थिए।

    शिखा बुक्सद्वारा प्रकाशित पुस्तकका बारेमा बोल्दै प्राडा पौडेलले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्त्व र शोषणलाई गहन र सिर्जनशील शैलीमा लेखिएकोले संस्कृतिमाथि अध्ययन गर्नलाई मात्र होइन, सबैको लागि उपयोगी हुने बताइन्।

    यस्तै, उप प्रा डा उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्रमाथि चुनौतीलाई सहज र व्यावहारिक रूपमा किताबी आकार दिएर ठूलो चुनौतीको सामना गरेको बताइन्।

    समाजशास्त्रीय रूपमा पनि पुस्तक उत्कृष्ट रहेको बताए। पत्रकार तथा लेखक न्यौपानेले सबै वर्ग र क्षेत्रका उपयोगी रहेको पुस्तक सबैले पढ्न अनुरोध गरे। शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीको उल्लेख्य उपस्थिति थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology