Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही उद्योग संघमा स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समिति गठन संयोजकमा खनाल

रुपन्देही उद्योग संघमा स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समिति गठन संयोजकमा खनाल

  • 1.4K
    SHARES

  • रुपन्देही उद्योग संघमा स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समिति गठन संयोजकमा खनाल

    बुटवल, फागुन ९ । 

    रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तीब्रता दिदै आएको छ । बुधबार स्टेशनरी तथा प्याकेजिङ सम्बन्धी उद्योगीहरुको भेलाले यसको वस्तुगत समिति गठन गरेको हो ।

    संघका द्धितीय उपाध्यक्ष हरिबहादुर खत्रीको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अतिथि संघका  प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जीवकान्त काप्mले रहनुभएको थियो ।  भेलालाई स्वागत गर्नुहुँदै कार्यक्रमका अध्यक्ष खत्रीले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा उपस्थित उद्योगीहरुलाई विस्तृत जानकारी गराउनु भएको थियो ।  

    उहाँले फरक फरक प्रकृतिका उद्योगहरुको समस्या बुझ्न र समाधान गर्नका लागि यस्ता समिति प्रभावकारी हुने बताउनुभयो । वर्षमा कम्तीमा दुई पटक बैठक बसेर संघसमक्ष आफ्ना विषय ल्याउन उहाँको आग्रह थियो ।  

    भेलालाई सम्बोधन गर्नुहुदै प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जीवकान्त काप्mलेले वस्तुगत समिति गठनले उद्योग संचालन गर्दा आइपर्ने कठिनाईहरुलाई मिलेर समाधान गर्न र संघका गतिविधिहरुलाई सफल बनाउन र आप्mनो उत्पादनको बजारीकरण गर्न टेवा पुग्ने बताउनुभयो । उद्योगीहरुको भेलाले जलेश्वर पेपरका संचालक कमलराज खनालको संयोजकत्वमा ५ सदस्यीय  वस्तुगत समिति गठन गरेको छ  ।

    गठित समितिको सहसंयोजकमा नमस्ते कापीका नारायण कार्की चयन हुनुभएको छ । सचिवमा टी एण्ड टी पेपरका सतिश सापकोटा, सदस्यहरुमा गुराँस मसललन्दका विष्णु वाग्ले र युनिक पेपरका किस्मत पाण्डे रहनुभएको छ ।   भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, कार्य समिति सदस्य किरण खरेल, सल्लाहकार ऋषिबहादुर भण्डारी, पूर्व कार्य समिति सदस्य ऋषिराम भण्डारी, उद्योगी सूर्यप्रसाद पराजुली र सूर्य न्यौपानेलाई चयन गरेको छ । भेलामा प्रतिवद्धता मन्तव्य राख्नुहुँदै समितिका संयोजक कमलराज खनालले उद्योगीहरुले विश्वास गरी संयोजकको जिम्मेवारी दिनुभएकोमा रुपन्देही उद्योग संघ तथा स्टेशनरी तथा प्याकेजिङ उद्योगी मित्रहरु प्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रका उद्योगीका तमाम समस्याहरुलाई निराकरण गर्न सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्पmत  पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    संघका महासचिव हिरामणी भट्टराईको संचालन सहकोषाध्यक्ष विशाल वेल्वासको धन्यवाद ज्ञापनमा सम्पन्न भेलामा सल्लाहकार सूर्यप्रसाद पराजुली, कार्यसमिति सदस्यहरु, राजु घिमिरे, लालप्रसाद बस्याल, चन्द्रकान्त खनाल प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतले धारणा राख्नुभएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology