Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण

नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण

  • 2.8K
    SHARES

  • नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण

    बुटवल,फागुन ९ ।

    बुटवलमा बसोबास गर्ने नेवार समुदायहरुले बुधबार भिमसेन भगवानको रथारोहण गरेका छन । भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव नारासहित भिमसेन नेवा समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण गरि बजार परिक्रमा गरेका हुन ।

    कार्यक्रमको एक समारोहका बिच प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै संस्कृति नै पहिचान भएको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । बुटवलमा बसोबास गर्ने नेवार समुदायहरु केवल ब्यापार ब्यवसायमात्र नभई समुदायमा गरेका गतिविधिहरुका कारण चिनिदै आएको उहाले बताउनुभयो ।bhim.jpg

    कार्यक्रममा समाजका अध्यक्ष सहदेव श्रेष्ठले संस्कृतिको धनी नेवार समुदायहरु बिचमा एकतावद्घ भई संस्थागत विकास गर्न आफुहरु लागेको बताउनुभयो । भिमा एकादशीको दिन भिमसेन भगवानको पुजा गर्ने, जाग्राम बसेर द्वादशीका दिन भिमसेन भगवानलाई रथारोहण गर्ने प्रचलन रहेको उहाले बताउनुभयो । संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यलाई जोगाउन आफुहरु निरन्तर विविध कार्यक्रम गर्दै आएको उहाले बताउनुभयो ।bhimsen jatra butwal.jpg

    बुटवलका १८ वटा खल, पुच र गुठीका सदस्यहरुको सहभागितामा भिमसेन भगवानको रथलाई घुमाईएको हो । ज्योतिनगर भिमसेन मन्दिरबाट वडा नं १ को जलबिनायक हुँदै ज्योतिनगर, बजार क्षेत्रमा समेत घुमाइएको उहाले बताउनुभयो ।

    भिमसेन नेवा समाजमा हाल २४७ जना आजिवन सदस्य र २५ जना साधारण सदस्यहरु छन । विसं २०६७ सालमा स्थापना भएर निरन्तर जात्रा गर्दै आएको छ । प्रत्येक वर्ष विशेष पुजा गरी रथ निकाल्दै आएको उहाले बताउनुभयो ।

    कार्यक्रममा गुठीका सल्लाहकार विमल बहादुर शाक्य, बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, वडासदस्य हरि नारायण मिश्र, पवित्रा श्रेष्ठ, अमृत खड्का, रतिमाला बिक, समाजका संस्थापक अध्यक्ष लोकमान थैव, अर्घाखाँची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा संस्कृति समाजका लक्ष्मीप्रसाद श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवा समाज १–३ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठ, समाजसेवी मानकाजी श्रेष्ठ, समाजका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, समाजका सचिव विष्णु श्रेष्ठ भिमसेन जात्राको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology