Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल ८८ प्रतिशत अंकसहित पहिलाे

न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल ८८ प्रतिशत अंकसहित पहिलाे

  • 996
    SHARES

  • न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल ८८ प्रतिशत अंकसहित पहिलाे

    बुटवल,फागुन ९ ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ । गत वर्ष ८० प्रतिशत अङ्क पाएको अस्पतालले यसपटक ८८ प्रतिशत अंकसहित पहिलो भएको हो । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । 

    अघिल्लो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.सुदर्शन थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्बेक्षण पश्चात  मँगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।lumbini province hospital.jpg

    मुल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौं रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

    lumbini province hospital.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology