Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीको अशोक स्तम्भ जोगाउन नयाँ स्थानमा सारियो ‘दियो सेड’

लुम्बिनीको अशोक स्तम्भ जोगाउन नयाँ स्थानमा सारियो ‘दियो सेड’

  • 1.4K
    SHARES

  • लुम्बिनीको अशोक स्तम्भ जोगाउन नयाँ  स्थानमा सारियो ‘दियो सेड’

    लुम्बिनी,फागुन ९ ।

    शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिईन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख  नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो ।

    लुम्बिनीलाई बुद्धजन्मस्लका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।  यूनेस्को, पुरातत्वविद्हरुले दिएको सुझाव अनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले बताए ।

    ‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरुको सुझाव थियो, त्यही सुझाव अनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ’ उपाध्यक्ष लामाले भने । लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।

    यूनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरुको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो । बत्ती बाल्दा त्यसबाट निस्कने कार्बनले अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफुहरुले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एंव बरिष्ठ पुरातत्वविद् हिमाल कुमार उप्रेतीले बताए । उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।

    सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा यूनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजना अन्तर्गत अशोक स्तम्भको पुरातात्विक संरचना संरक्षणका लागि वाटरप्रुफ र संरक्षणको काम गरिएको थियो । अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्धारको पश्चिमपट्टी दियो स्थल निर्माण गरेको छ । अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ । कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालिन योजना बनाएको छ । नवनर्मित दियो स्थलमा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व उपप्रधान तथा गृहमन्त्री एंव रास्वपाका सभापती रवि लामिछाने सहितका विभिन्न धार्मिक गुरु एंव तीर्थालुहरुले बत्ती बालेका छन् ।

    गत माघ १२ गते उपाध्यक्ष डा. लामा सहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गरेका हुन । महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा प्राय दियो बाल्ने प्रचलन रहन्छ । बौद्धिष्ट बाहेक अन्य तीर्थालुहरुले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।

    व्यवस्थित रुपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पु¥याएको छ । माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology