काठमाडौँ,फागुन ६ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।
उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।
तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)