Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्विनी प्रदेशमै पहिलाेपटक गुल्मीको छापचौरमा बिच भलिवल खेल सुरू 

लुम्विनी प्रदेशमै पहिलाेपटक गुल्मीको छापचौरमा बिच भलिवल खेल सुरू 

  • 3.3K
    SHARES

  • लुम्विनी प्रदेशमै पहिलाेपटक गुल्मीको छापचौरमा बिच भलिवल खेल सुरू 

    बुटवल,पुस ९- 

    लुम्विनी प्रदेशमा पहिलाेपटक गुल्मीको छापचौरमा बिच भलिवल खेल आयोजना भएको छ । स्वास्थ्यका लागि खेल देशका लागि खेल भन्ने  मुख्य नारा सहित सदाबहार युवा क्लब कालीगण्डकी गाउपालीका ७ छापचौरले  तिन दिने बिच भलीबल  खेल आयोजना गरको हो   ।

    दुई -दुई जनाको समुह बनाएर खेलीले बिच भलिवल बालुवामाथी खेलीने खेल  हो । पुरै खेल मैदानभरी बालुवा बिक्षाईएको हुन्छ बालुवामाथी खेलीने भएकाले  यो खेल बिषेस गरेर समुद्री किनारमा  नदी टटिय क्षेन्रमा खेलिदै आएको पुर्व अध्यक्ष बादल हमालले बताए ।

    ६ जना खेल्ने मैदानमा २ जनाले पनी खेल्न सक्छन भन्ने नै यो खेल मनोरञ्जन हिसाबले समेत हेरीने गरेको उनले बताए । बिच भलिबल खेल आयोजना गरेपछि गुल्मी बाग्लुड पर्बत र रूपन्देही जिल्लाबाट समेत  खेलाडीहरूले  चासो राखेको सदाबहार युवा क्लबका अध्यक्ष आश्रीत थापाले बताए ।

    बालुवा माथी खेलीने बिच भलिबल आयोजना गरिएकोले धेरैको चासो रहेको बताए यता  खेल संयोजक कुसल श्रीसले बिच भलीबल खेल मा १८ टिमले भाग लिएको बताए ।

    प्रतियोगीमा प्रथम हुनेले नगद १६ हजार कप मेडल प्रमाणपत्र द्वतिय  हुनेले  १० हजार कप मेडल प्रमाण पत्र तितृय हुनेले  ६ हजार नगद सहित कप मेडल प्रमाण र सान्रत्वना हुनेले ४ हजार  प्राप्त गर्नेछन् । 

    टाढाका खेलाडीहरूलाई आवाशिय ब्यबथा गरिएको छ ।खेल तिनदिन सम्म चल्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, पौष ९ २०७७०८:०१:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology