Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘यातायात व्यवसायी संकटमा छन् ,सरकार गम्भीर छैन’

‘यातायात व्यवसायी संकटमा छन् ,सरकार गम्भीर छैन’

  • 4.2K
    SHARES

  • ‘यातायात व्यवसायी संकटमा छन् ,सरकार गम्भीर छैन’

    बुटवल,फागुन ४ ।

    ओभरलोड बोकेर नेपालमा निर्वाध रुपमा सञ्चालन हुने भारतीय ट्रकसंग नेपाली ट्रक व्यवसायीले प्रतिष्पर्दा गर्न नसक्ने याताायात व्यवसायीले बताएका छन् । नियम कानुन विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग माग गरेका छन् ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्ने यातायात व्यवसायीहरुले व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन ।

    लाखौ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउंदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरुको गुनासो रहेको छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीको गुनासो छ ।

    सोही कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनु पर्ने बताउनुभयो । उहांले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको बताउनुभयो । ट्राफिक प्रहरीको ज्याजती र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिनुभयो।

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले यातायात व्यवसायीका समस्या समाधानका लागि कार्यविधि बनाउने बताउंदै व्यवसायीका समस्या सुल्झाउन सहकार्य गर्ने बताउनुभयो ।पाल्पा तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यातायात व्यवसायीका समस्या समाधान गर्ने दायित्व सरकारको भएको बताउनुभयो ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन भएको बताउनुभयो ।

    trak news pp.JPG

    पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा भएगरेका कामका वारेमा यसरी व्याखा गर्नु भयो ।

    कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम वानिया, महासंघका केन्द्रिय सदस्य बुद्विप्रसाद चौलागाई, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, उद्योग व्यापार संगठनका अनिल ज्ञवाली, यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्साल, कानुन व्यवसायी प्रख्यात बञ्जाडे लगायतले बोल्नुभएको थियो ।,

    कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालन र समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो । साधारण सभा तथा अधिवेशनको अवसरमा पत्रकार यमलाल भुसाल, सुमन अधिकारी र मिना ढकाल ,श्यामलाल पोखरेललाई सम्मान गरिएको थियो । समितिले आफ्ना केही व्यवसायी र उत्कृष्ट काम गरेका कर्मचारीहरुलाई सम्मान गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology