Logo बिहिवार, आश्विन १ गते २०८३
images

त्रिभुवन आर्मीले उचाल्यो नवौं मणिमुकुन्द कपको उपाधि

त्रिभुवन आर्मीले उचाल्यो नवौं मणिमुकुन्द कपको उपाधि

  • 1.0K
    SHARES

  • त्रिभुवन आर्मीले उचाल्यो नवौं मणिमुकुन्द कपको उपाधि

    बुटवल,फागुन ३ ।

    त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।

    एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो ।

    नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो।

    सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो ।

    प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology